२५ बैशाख २०८१, मंगलबार

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

प्रकाशित मिति :  21 January, 2022 4:24 pm


काठमाडौं । देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार २३ हजार ९२ जनामा परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार ६१८ नमुनाको पीसीआर परीक्षण र चार हजार ४४७ नमुनाको एन्टीजेन परीक्षण गर्दा कुल १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणबाट निको भएका छन् भने तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २५ घण्टामा देशभर तीन लाख सात हजार ४०१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !