५ पुस २०८२, शनिबार

बालुवाटारमा सत्ता गठबन्धन समन्वय समितिको बैठक

प्रकाशित मिति :  21 January, 2022 6:20 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका नाम सम्बोधन गरेपछि बालुवाटारमा सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बसेको छ।

शुक्रबार बेलुका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा सो बैठक सुरू भएको हो ।

गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा पौडेल संयोजक हुन् ।

राजनीतिक समन्वय समितिको बैठक सुरु भएको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयद्वारा सार्वजनिक गरिएको हो ।

सत्तागठबन्धनका पाँच दलका दुई–दुई जना र एक मन्त्रीसहित ११ जना सहभागी भएको सो समन्वय समितिको बैठकमा स्थानीय, प्रदेश तथा संघीय निर्वाचनको विषयमा छलफल हुने भएको छ ।

निर्वाचन आयोगले सरकारलाई निर्वाचन गराउने मितिको बारेमा सल्लाह सुझाउ दिइसकेपछि निर्वाचनको बारेमा छलफल अगाडि बढेको हो ।निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन लगायतका विषयमा सल्लाह दिएको हो ।

सत्ता गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनाव पहिलो गर्न प्रस्ताव गरेका छन् ।
उनको सो प्रस्ताव प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ । एमालेले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान लिइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !