८ पुस २०८२, मंगलबार

एमालेको आरोप,‘सभामुख नै असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न’

प्रकाशित मिति :  23 January, 2022 1:30 pm


काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख नै असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न रहेको आरोप लगाएको छ ।

एमालेले आज जारी गरेको विज्ञप्तिमा भनेको छ,“प्रतिनिधि सभाका सभामुख नै प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न भएका कारण प्रतिनिधि सभाको बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको छ ।”

संविधानको मर्मविपरीत अध्यादेश ल्याएर प्रतिपक्षी दललाई विभाजित गर्न उद्यत् सत्ता पक्ष प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न, यसका लागि प्रमुख प्रतिपक्षका आवाजलाई गम्भीरतापूर्वक सुन्न र सम्बोधन गर्न तयार नभएको एमालेको आरोप छ ।

सत्तापक्षको गलत मनासयका कारण राज्यको अर्को महत्वपूर्ण अंग व्यवस्थापिका समेत अकर्मण्य अवस्थामा पुगेको एमालेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !