गृह जिल्ला चितवनमा बगमती प्रदेशमा यातायात मन्त्री दाहालको छड्को अनगुमन
चितवन । बागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् ।
भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरिब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने चेतावनी दिएका हुन् ।
मन्त्री दाहालले सेवाग्राहीहरूलाई सम्बोधन गर्दै भने,“कर्मचारीहरूले बढी पैसा मागे अख्तियार दुरुपयोग आयोगमा उजुर गर्नुहोला ।”
मन्त्री दाहालले बागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरे ।
बागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा बागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषणा गरे । यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरूप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।








