१८ माघ २०८२, आइतबार

जिल्ला प्रशासन कार्यालय स्याङ्जा प्रशासनिक सेवा स्थगित

प्रकाशित मिति :  24 January, 2022 12:11 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रशासनिक सेवा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि माघ १० गते सोमबारदेखि लागू हुने गरि प्रशासनिक सेवा स्थगित गरेको छ।

जिल्ला प्रशासन कार्यलय एक सूचना निकाल्दै , केही कर्मचारीहरूमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखा परेको र केहिको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै भोलि देखि अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने शान्ति सुरक्षा बाहेकका नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, हातहतियार नवीकरण जस्ता कार्यहरु स्थगित हुने जनाइएको छ।

त्यसैगरी स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, जनस्वास्थ्य कार्यलयकी प्रमुख बसुन्धरा शर्माको उपस्थितमा तपाईंको मास्क खै अभियान शुक्रबारदेखि संचालक हुदै आएको छ।



प्रतिक्रिया दिनुहोस !