३ पुस २०८२, बिहिबार

ललितपुर महानगरमा आजदेखि शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द

प्रकाशित मिति :  24 January, 2022 12:18 pm


ललितपुर । ललितपुर महानगरपालिकाले कर्मचारीमा कोरोना भाइरसको संक्रमण बढेपछि आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

महानगरले आइबार जारी गरेको  विज्ञप्ति अनुसार महानगरका अधिकांश कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति नरहेको भन्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेकाे जानकारी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार २०७८/ १०/ १० गते सोमबारदेखि २०७८ /१० /१४ गते शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !