३ पुस २०८२, बिहिबार

आज राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै

प्रकाशित मिति :  26 January, 2022 9:36 am


काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको पहिलो चरण अन्तर्गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने दोस्रो चरण अन्तर्गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना गरिएको थियो ।

जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !