४ पुस २०८२, शुक्रबार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

प्रकाशित मिति :  26 January, 2022 11:04 am


काठमाडौं। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ। अघिल्लो गणनाको तुलनामा नेपालको जनसंख्या २७ लाख बढी । २०६८ सालको गणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । २०६८ सालमा एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेकोमा यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । यो ८० बर्षकै न्यून हो।

तथ्ङक अनुसार नेपालमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । जसमा पुरुषभन्दा महिलाकाे संख्या ६ लाख भन्दा बढी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !