४ पुस २०८२, शुक्रबार

चितवनको भरतपुर गोन्द्राङमा सडकको नालीमा खसेर एक जनाको मृत्यु

प्रकाशित मिति :  26 January, 2022 12:13 pm


सांकेतिक तस्विर

चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !