२५ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टी

प्रकाशित मिति :  21 February, 2022 4:36 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनाको परीक्षण गरिएको थियो ।

५ हजार २२५ जनामा पिसिआर गर्दा २४७ जनामा र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने एक हजार २०५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर ११ हजार २८२ सक्रिय संक्रमित छन्।



प्रतिक्रिया दिनुहोस !