१० पुस २०८२, बिहिबार

अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी पोखरामा सुरु

प्रकाशित मिति :  13 March, 2022 4:42 pm


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लि. को अर्धवार्षिक समीक्षा गोष्ठी पोखरामा सुरु भएको छ ।

पोखरा–६,लेकसाइड स्थित टुकी रिर्सोटमा सुरु भएको गोष्ठी तीन दिनसम्म सञ्चालन हुने छ । समीक्षा गोष्ठीको संस्थाका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरे ।

३ दिनसम्म सञ्चालन हुने समीक्षा बैठकमा ७ वटै प्रदेशमा रहेका ६० वटा शाखाबाट कर्मचारीको सहभागिता रहेको संस्थाले जनाएको छ ।

समीक्षा गोष्ठीमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले विषयगत तालिम दिने संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !