७ बैशाख २०८१, शुक्रबार

पाण्डेयको ‘हिन्दु राजनीतिक विचारधारा’ लोकार्पण

प्रकाशित मिति :  13 March, 2020 9:31 am


काठमाडौ । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस वाल्मीकि विद्यापीठका पुर्वप्राचार्य एवम् सहप्राध्यापक डा. लालमणि पाण्डेयद्वारा लिखित ‘हिन्दु राजनीतिक विचारधारा’ पुस्तक आज वाल्मीकि विद्यापीठको मिनिहलमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।                                                                                  कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतमले विद्याको क्षेत्रमा कुनै विभेद नरहेको धारणा व्यक्त गर्नुभयो ।

यसैगरी विशिष्ट अतिथी प्राध्यापक अमिर पाण्डेले प्राच्य राजनीतिमा दण्डनीतिको अधिक प्रयोग भएको बताउनुभयो ।

यसैगरी पुस्तकका लेखक विद्यापीठका पुर्वप्राचार्य सहप्राध्यापक डाक्टर लालमणि पाण्डेयले प्राच्य हिन्दूराजनैतिक व्यवस्था प्रजा अनुकूल चल्ने भएकाले लोकतान्त्रिक रहेको चर्चा गर्दै पुस्तक लेखन एवं प्रकाशन कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विद्यालय प्राध्यापक संघका सभापति शम्भुराज गौतम, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ एकाइ समिति वाल्मीकि विद्यापीठका अध्यक्ष एवम् धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई, वाल्मीक विद्यापीठका प्राचार्य सहप्राडा गणेश घिमिरे लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !