क्रियटिभ माइण्ड मिडिया एण्ड इभेन्ट प्रा.लिले होलीमा कार्यक्रम गर्ने
प्रकाशित मिति : 15 March, 2022 1:07 pm
काठमाडौं । क्रियटिभ माइण्ड मिडिया एण्ड इभेन्ट प्रा.लिले होलीको अवसरमा कार्यक्रम गर्ने भएको छ ।
काठमाडौंको ठमेलमा रहेको होटेल मनाङ्मा होलीको अवसरमा चैत्र ३ गते बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म कार्यक्रम हुने आयोजकका सदस्य प्रविन राइले जानकारी दिए । कार्यक्रममा सांगीतिक समूह मस्कट रकर ब्याण्ड, डिजे किरण, बन्नी र म्याकको प्रस्तुति रहने छ ।
कार्यक्रमको प्रायोजक टुवोर्ग वियर र बर्ड बाइजर वियर रहेका छन् । कार्यक्रममा सहभागि हुन टिकट दर रु.११९० र रु. १९९० तोकिएको आयोजकले जनाएको छ ।