१५ बैशाख २०८१, शनिबार

कोरोना प्रभाव: आईपीएल २साता पछि सर्‍यो

प्रकाशित मिति :  13 March, 2020 3:45 pm


काठमाडौं , ३० फागुन । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्नेबारे बहस चलिरहेका बेला १६ दिन पछि सरेको हो ।

यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने पक्का भएको  थियो । तर अब उद्घाटन खेल अप्रिल १५ मा हुनेछ ।

भारतीय सरकारको सुझावअनुसार बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएको उच्च व्यवस्थापनसंग छलफल गरेपछि लिग सार्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।

यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आईपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्नेछन् ।

आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !