२४ बैशाख २०८१, सोमबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  20 March, 2022 10:54 am


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य घटेको छ । गत शुक्रबार ९९ हजार ८००मा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ६००ले घटेर तोलाको ९९ हजार २००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७००मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !