१९ बैशाख २०८१, बुधबार

कोरोनाका कारण इटालीमा एकै दिन २५० जनाको मृत्यु

प्रकाशित मिति :  14 March, 2020 8:37 am


काठमाडौं, १ चैत्र । 

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा सबै भन्दा डरलाग्दो स्थिति छ । इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !