३ जेष्ठ २०८१, बिहिबार

रिलायन्स एकेडेमीमा विज्ञान प्रदर्शनी मेला, विद्यार्थीले बनाए वायरलेस रोबोट देखि फ्लड अलर्ट सिस्टम

प्रकाशित मिति :  25 March, 2022 9:50 am


काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्क अन्तर्गतको रिलायन्स इन्टरनेशनल एकेडेमीमा बिहीबारदेखि दुईदिने विज्ञान मेला शुरु भएको छ ।

चाबहिलस्थित कलेज परिसरभित्र आयोजना भएको मेलाले मुख्यतया कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सूचना तथा प्रविधिमा उनीहरुको बुझाइ र क्षमताको खोजीमा केन्द्रित रहेको कार्यक्रमको आयोजक रिलायन्स कलेजले जनाएको छ ।

यहि चैत्र १० र ११ गते चल्ने उक्त प्रदर्शनीको राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा इन्जिनियर देवले प्रविधिको क्षेत्रमा केहि नयाँ काम गर्न चाहने जो कोहिलाई आवश्यक सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र सधैं तयार रहेको बताए ।

विज्ञान प्रदर्शनी मेलामा कलेजका विद्यार्थीहरुले निर्माण गरको इनोभेटिभ साइकल डाइनामो, स्मार्ट सिटी, होलोग्राम, फ्लड (बाढी) अलर्ट सिस्टम, वायरलेस रोबोट, रेन वाटर हार्वेस्टिङ, सर्कुलेटरी सिस्टम, ग्लोबल वर्मिङ डेमो लगायतका विभिन्न प्रस्तुति दिएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले २३ वटा स्टलहरु मार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !