२० बैशाख २०८१, बिहिबार

वालिङमा बृहत निशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्र

प्रकाशित मिति :  28 March, 2022 6:09 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ५ जगतभञ्याङमा बृहत निशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्र भएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको शिविरमा पाठेघरको मुखुको क्यान्सर स्क्रनिङ, आङ खस्रे,समस्या तथा महिलाहरुको निशुल्क भिडियो एक्सरे शिविर जगतभञ्याङमा सम्पन्र भएको हो ।

कार्यक्रममा बोल्दै वालिङ नगरप्रमुख दिलिप प्रताप खांणले स्वस्थ नागरिकको सहयोगले मात्रै स्मार्ट सिटि र समृद्धि र सक्षम नगर हुने भन्दै अनिवार्य स्वास्थ्य विमा गर्न र रोगलाई नलुकाउन आग्रह गर्दै समयमै रोगको पहिचान गरी उपचार गराउन महिलाहरुलाई आग्रह गरेका थिए । नगरपालिकाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको र समयमै रोगको पहिचान गरि आर्थिक खर्च र जटिल परिस्थिति सृजना हुनबाट आफूहरुलाई बचाउन सल्लाह दिएका थिए ।

शिविरमा ११२ जना महिलाहरुले प्रजजन स्वास्थ्य जाँच गराएको र शिविरामा जटिल रोगहरु नदेखिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिएका थिए।



प्रतिक्रिया दिनुहोस !