सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता
प्रकाशित मिति : 31 March, 2022 5:50 pm
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न भन्दै सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको सेञ्चुरी बैंकले जनाएको छ ।
न्यूनतम रु. एकहजार मै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने बैंकको भनाई छ ।








