७ जेष्ठ २०८१, सोमबार

९१ आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

प्रकाशित मिति :  18 April, 2022 5:50 pm


काठमाडौं । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा ९८,८४८.८६ मिटर० सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो ।

हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ आरोही समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्रै ३२ समूहका २६२ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै, माउन्ट ल्होत्से ९८,५१६ मिटर० आरोहणका लागि १० समूहका ९४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम ९६,८१४ मिटर० आरोहणका लागि छ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजङ्घा ९८,५८६ मिटर० आरोहणका लागि छ समूहका ६७ आरोहीले अनुमति लिएका छन् । नुप्त्से ९७,८५५ मिटर० मा पाँच समूहका ३८ आरोही छन् ।

त्यसैगरी अन्नपूर्ण ९८,०९१ मिटर० आरोहणका लागि चार समूहका २६, धौलागिरि ९८,१६७ मिटर० आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिमाल आरोहणबाट हालसम्म रु ३९ करोड ५२ लाख ३१ हजार ५२ रोयल्टी उठेको छ ।रासस



प्रतिक्रिया दिनुहोस !