१७ बैशाख २०८१, सोमबार

मनकामनाको केबुलकार सेवा चैत ३० गतेसम्म बन्द

प्रकाशित मिति :  19 March, 2020 4:07 pm


काठमाडौं, ६ चैत्र । 

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले आफ्नो सेवा बन्द गराएको छ ।

केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका महाप्रबन्धक डिएन कायस्थका अनुसार शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबुलकार बन्द गर्ने निर्णय गरिएको हो ।

गोरखामा रहेको मनकामना दर्शन गर्नका लागि हजारौँ व्यक्तिले केबुलकारको सेवा लिने गर्छन् । सरकारले पनि २५ जनाभन्दा धेरै भिडभाड नगर्न निर्देशन दिए पश्चात व्यवस्थापकले यस्तो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !