अत्यावश्यक उपभोग्य वस्तु तथा निर्माण सामाग्रीहरुको अभाव छैन : महानिर्देशक शर्मा
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजारमा अत्यावश्यक उपभाेग्य वस्तु तथा निर्माण सामाग्रीहरुको अभाव नरहेको भन्दै हल्लाको भरमा अधिक खरिद तथा संचय नगर्न आग्रह गरेका छन् ।
शर्माले आफू विभागको महानिर्देशक भएर आएको ८ औँ दिनमा पत्रकार सम्मेलन गर्दै भने,“रसिया, युक्रेन युद्धले गर्दा केही वस्तुहरुको आयतमा गरिएको कडाइ, पेट्रोलियम पदार्थमा बजारमा भएको मुल्य वृद्धिको कारणले ढुवानी भाडमा भएको बढोत्तरीको कारणले कतिपय वस्तुको मुल्य बढेको पाइएको भएतापनि कृतिम अभाव भएको छैन ।’’
प्रदेश सरकारहरु, तालुक निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी आपूर्ति व्यवस्थामा कुनैपनि अवरोध तथा व्यवधान आउन नदिन विभाग क्रियाशिल रहेको शर्माले बताए ।
उनले थपे, “कर्मचारीे जनशक्तिको अभाव भएका कारण पनि बजार अनुगमनमा त्यति धेरै उपल्बधि पाउन नसकेको र आफू आएपछि थप चार,पाँच टोलि थपेर बजार अनुगमनमा क्रियाशिल भएर लागेका छौँ ।’’
विभागमा आएका सेवाग्राहीहरु परिसरभित्र आउन नपर्नेगरि विभागलाई क्यस लेस, फेस लेस, र पेपर लेस बनाउन आफू विभाग आएपछि काम अगाडि बढाएको उनको भनाई थियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभागका अंधिकाश कर्मचारीहरु निर्वाचनको तयारीमा गएकाले बजार अनुगमन सक्रियता केही कम भएको महानिर्देशक शर्माको भनाई थियो । ।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको समाचार आएपछि वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभाग अनुगमनमा निस्किएको र केही व्यापारी तथा डिलरलाई अभाव सृजना नगर्न चेतावनी दिएपछि आपूर्ति सहज बनेको महानिर्देशक शर्माको भनाई छ ।
बजार अनुगमनमा चालु आर्थिक वर्षको हालसम्म २,१८७ व्यापारिक फर्महरुलाई अनुगमन गरी कैफियत देखिएका १०१२ फर्महरुलाई कारबाही गरेर रु. १,१८,८७,५०० जरिवाना उठाएको छ ।








