९ पुस २०८२, बुधबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  26 April, 2022 11:31 am


काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ९००ले घटेर तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार १३५०मा रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !