१७ बैशाख २०८१, सोमबार

पुतलीबजार नगरपालिकामा मिनी डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना

प्रकाशित मिति :  29 April, 2022 12:47 pm


रबी थापा,

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मिनी डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना भएको छ । यूएनडिपिको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार तथा सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिकामा मिनि डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ ।

पुतलीबजारका किसानहरूको सेवाका लागि र माटो परिक्षण गरि खेतिबालिको प्रबर्द्धन गर्न प्रयोगशालाको स्थापना गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । माटोमा रहेका अम्लिय तथा क्षारियपन, खाद्य तत्वहरू जस्तै नाईट्रोजन, फोस्फोरस, पोटास लगायत १४ प्रकारका तत्वहरूको परिक्षण गरि आवश्यक सिफारिस गरिने घर्तीले जानकारी दिए।

घर्तीका अनुसार पुतलीबजार नगरपलिकाका किसानलाई माटो परिक्षण गर्न टाढा जानुपर्ने बाध्यता थियो । नगरपालिकामै माटो परिक्षण प्रयोगशाला स्थापना भएपछि किसानलाई मोटो परिक्षण गरि माटो सुहाउदो बाली लगाउन राहत पुगेको घर्तीले बताए ।



प्रतिक्रिया दिनुहोस !