८ पुस २०८२, मंगलबार

मोटरहेडका बाइकमा १ लाखसम्म छुट अफर, लुम्बिनीमा कहाँ पाइन्छ ?

प्रकाशित मिति :  5 May, 2022 3:59 pm


काठमाडाैं । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड  प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएकाे ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालन बैशाख ३१ गते सकिने जनाएको छ ।

अफर अन्तर्गत कम्पनीले यही चैत १५,२०७८ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि ७ हजार देखि १ लाख रुपैयाँसम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था लागू गरेको छ ।

अफर अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिने छ । लुम्बिनी प्रदेशमा भने रुपन्देहीकाे योगीकुटीमा रहेको लुम्बिनी टु व्हिल्स् प्रा.लि.मा गएर ग्राहकहरू अफरमा सहभागि हुन सक्ने कम्पनीको भनाई छ । योगीकुटीमा माेटरहेडकाे सेल्स,सर्भिस र स्पेयरको सुविधा सहित डिलर रहेको छ ।

हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार देखि शुरु भई अधिकतम ४ लाख ५५ हजार रुपैयाँ सम्मको मूल्यमा उपलब्ध छन् । सबैको पहुँचमा रहेको मोटरहेड बाइकको यही मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी कम्पनीले दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !