२५ बैशाख २०८१, मंगलबार

६०० रुपैयाँले महंगियो सुन

प्रकाशित मिति :  8 May, 2022 11:29 am


काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो कारोबारमा सुनको मूल्य मंहगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाला सुनको मूल्य ६०० रुपैयाँले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज आइतबार चाँदीको मुल्य पनि बढेको छ । गत शुक्रबार १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १२८५ रुपैयाँमा कारा्रबार भइरहेको महासंघल्र जनाएको छ।



प्रतिक्रिया दिनुहोस !