नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । आइतबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले उकालो लागेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ ।
नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि हुन सकेन् । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड छ लाख सात हजार ७०२ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ ।
बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् ।








