बालेन शाहले समर्थकलाई भने,‘स्थापितलाई गाली नगर्नुस्’
प्रकाशित मिति : 15 May, 2022 7:26 pm
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।
मतगणना जारी रहँदा बालेन शाह आफ्ना प्रतिस्प्रधि भन्दा दोब्बरमतले अगाडि छन् । शाहका समर्थकले बाहिर निरन्तर चर्को नाराबाजी गरिरहेका छन् । शाहका समर्थकले स्थापितलाई व्यङ्य गर्दै नाराबाजी गर्ने गरेका छन् ।
बेलुकी पौन ७ बजेतिर शाह निस्किए । उनी निस्कदा उनका समर्थकले ठूलो होहल्ला गरे र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई व्यङ्ग गर्दै नाराबाजी गरे ।
तर शाह आएर भने,‘प्लिज उहाँ(केशव स्थापित)लाई केही नभन्नुस् ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने गरेको छ ।











