१३ बैशाख २०८१, बिहिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र जजिरा एयरवेजको जहाज अवतरण (Video)

प्रकाशित मिति :  16 May, 2022 8:06 am


रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थलका अनुसार आज बिहान ६ बजेर ५५ मिनेटमा नेपाल वायुसेवा निगमको जहाज अवतरण गरेको छ भने ७ बजेर ८ मिनेटमा जजिराको जहाज अवतरण गरेका हो ।

नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ । व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !