२० बैशाख २०८१, बिहिबार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले विजयी

प्रकाशित मिति :  16 May, 2022 1:18 pm


स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

कालीगण्डकी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेका खिमबहादुर थापा गाउँपालिका अध्यक्षमा र सावित्रा कोइराला उपाध्यक्षमा विजयी भएका हुन् ।

थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी माया रानालाई १ हजार ६ सय ४५ मतको अन्तरले पछि पार्दै थापाले ६ हजार ७ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी माया रानाले ५ हजार ५५ मत ल्याएर पराजित भएकी छन् ।

त्यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला विजयी भएकी छन् । कोइरालाले गठबन्धनका बोम बहादुर लामिछानेलाई १३ सय ९३ मतको मतान्तरले पछाडि पार्दै विजयी भएकी छन्।

उपाध्यक्ष उम्मेदवार कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

कालीगण्डकी गाउँपालिकामा एमालेले वडा नम्बर १,३ र ६ गरि तीन ओटा वडामा विजयी हासिल गरेको छ भने गठबन्धनले २,४,५ र ७ गरी चार ओटा वडामा विजयी हासिल गरेको छ ।

१७ हजार ९ सय ३८ मतदाता रहेकोमा १२ हजार २ सय ७१ मतदाताले मतदान गरेका निर्वाचन अधिकृत राम प्रसाद अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !