१६ चैत्र २०८०, शुक्रबार

चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 1:20 pm



कैलाली । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ ।

पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् । उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् ।

बोगटीले तीन हजार ३०५ मत ल्याए भने सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले जानकारी दिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छन् । उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ । रासस



प्रतिक्रिया दिनुहोस !