९ पुस २०८२, बुधबार

मालारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी

प्रकाशित मिति :  17 May, 2022 7:58 am


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेका नेता दल बहादुर भट्टराई अध्यक्षमा विजयी भएका छन् । भट्टराईले नेकपा माओवादी केन्द्रका नेता पदम क्षेत्रीलाई पराजित गदै अध्यक्षमा विजयी भएका हुन् ।

क्षेत्री गत निर्वाचनमा पनि नेकपा एमालेका नेता बालकृष्ण आचार्यसँग पराजित भएका हुन् ।

उपाध्यक्षमा नेकपा एमाले कै दीपा पोख्रेल विजयी भएकी छन् । पोखरेलले नेपाली काँग्रेस नेता शोभाखर खनाललाई पराजित गदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यो गाउँपालिकामा सता साझेदार दलको गठबन्धन समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस !