१६ चैत्र २०८०, शुक्रबार

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

प्रकाशित मिति :  22 May, 2022 4:53 pm


गलकोट। पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् ।

शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।

ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

ऐँसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।

उनीहरुले खाएको पलम र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेकोे धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा कृति कँडेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !