७ बैशाख २०८१, शुक्रबार

आन्तरिक कर्जा विस्तारले तरलतामा समस्या हुँदैनः गर्भनर अधिकारी

प्रकाशित मिति :  23 May, 2022 6:47 am


काठमाडौं । गर्भनर डाक्टर महाप्रसाद अधिकारीले आन्तरिक कर्जा विस्तारले तरलतामा समस्या नआउने बताएका छन् । आन्तरिक कर्जा लगानी गर्दा त्यो पैसा घुम्दै सिस्टममा आउने भएकोले तरलतामा समस्या नआउने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले गरेको आर्थिक स्थिायित्वका लागि महासंघको पहल कार्यक्रममा अधिकारीले सामान आयात गर्दा पैसा बाहिर जाने भएकोले समस्या त्यहाँ भएको उनले बताएका छन् ।

उनले भने,“आयातमा कर्जा लगानी गर्दा आयात बेसी हुने, निर्यातको आकार सानो हुन्छ । रेमिट्यान्सले आयातको ४० प्रतिशत मात्र धान्ने । बाँकी ६० प्रतिशत ट्रान्सफर र अरु सेवासँग सम्बन्धित क्षेत्रले धान्न असम्भव हुने स्थिती रहुन्जेलसम्म यो खाल्को समस्या वित्तीय क्षेत्रमा पर्दै जान्छ ।”

यसलाई सर्वसाधरण, नति निर्मातादेखि सबै मिलेर यो कुरालाई ठाउँमा राख्नुपर्ने बताए । भोली अप्ठेरो परिसकेपछि भनेर मात्र नहुने भन्दै यो कुरामा सर्तक रहनुपर्छ भनेर नेपाल सरकार र राष्ट्र बैंकले नीति निर्णय गर्दै आएको उनले बताएका छन् ।

“बजारमा तरलतामा भएको प्रेसरमा दर नबढे पनि आधार दर र ब्याजदर बढ्दै गइराखेको बताए । ब्याजदर बढ्दैमा निक्षेप नआउने सबैलाई थाहा भइसकेको छ । हाम्रो अन वान्टेड कन्जम्सन भइराखेको छ । त्यो कन्जम्सन घटाउनको लागि बजारमा ब्याजदर बढिराखेको छ,” उनले भने ।

तरलताका कारण व्यवसायीहरुलाई केहि समस्या भएको होला हामिले अर्थतन्त्र बचाउनुपर्छ, दिगोपन बनाउनुपर्छ, स्थायित्व बनाउनुपर्ने उनले बताए । उनले यसकारण उपभोग गर्नेले उपभोग गर्न पाउने र व्यवसाय गर्नेले व्यवसाय गर्न पाउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !