१२ बैशाख २०८१, बुधबार

धनगढीमा इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न

प्रकाशित मिति :  24 May, 2022 5:30 am


धनगढी । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।

यस फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । कार्यक्रम २ हजारभन्दा बढीले अवलोकन गरेका छन् । फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि ५ स्टार्टअप छनोट भएका छन् । ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ ।

ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !