१५ बैशाख २०८१, शनिबार

कालीगण्डकी अध्यक्षको पहिलो निर्णयः ग्याँस चुलो फिर्ता लिएर इन्डक्सन चुलो नि:शुल्क प्रदान गर्ने

प्रकाशित मिति :  24 May, 2022 1:17 pm


स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाबासी नागरिकको घरबाट ग्याँस चुलो फिर्ता लिएर इन्डक्सन चुलो निशुल्क प्रदान गर्ने भएको छ । गाउँपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि अध्यक्ष खिम बहादुर थापाले पदबहाली गरेसङ्गै गाउँबासिको लागि नि शुल्क इन्डक्सन चुलो प्रदान गर्न निर्णय गरेका हुन् ।

पदबहाली कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका हरेक युवा सिपयुक्त हुने घोषणा गरेका छन् । गाउँपालिकाले आफ्नै लगानीमा सुरु गरेको आँधिखोला बहुप्राविधिक विद्यालय मार्फत युवावर्गलाई व्यवसायमुलक सिपयुक्त तालिम प्रदान गरि युवावर्गलाइ विदेश पलायन हुनबाट रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वर्तमान अवस्थामा नेपालको व्यापार घाटा बढिरहेको अवस्थामा इन्डक्सन चुलो वितरणबाट खाना पकाउने ग्याँस लगायतका इन्धनमा भएको निर्भरता कम हुने र व्यापार घाटा पनि घट्ने विश्वास व्यक्त गरे । उनले भने, “विद्युत उत्पादनमा देश आत्मनिर्भर भैरहेको अवस्थामा इन्धन आपुर्तिमा विद्युतिय समाग्रीको उपयोग बढाउनुपर्ने छ ।’’



प्रतिक्रिया दिनुहोस !