दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
प्रकाशित मिति : 24 May, 2022 1:42 pm
काठमाडौं । विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
चाबहिल स्थित सेन्ट लरेन्स कलेजका शिक्षक जर्नादन शर्मालाई पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
अधिकारीले कक्षा ११ र १२ मा पढ्ुने छात्रालाई दुर्व्यवहार गरेको र प्रशासनलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रहरी कार्यालय अगाडी प्रर्दशन गरिरहेका छन् ।
अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।
विद्यार्थीहरुले प्रर्दशन गरेपछि प्रहरीले छलफलका लागि शिक्षक र अभिभावकलाई गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । यसैबीच प्रहरीले आरोपित शिक्षक अधिकारीलाई नियन्त्रणमा लिएको छ ।








