१३ बैशाख २०८१, बिहिबार

वालिङ नगरप्रमुखको पहिलो निर्णयः एक वर्षभित्र सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने

प्रकाशित मिति :  24 May, 2022 5:47 pm


स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकाका प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । वैदिक पूजाआजा सहित नगर प्रमुख कृष्ण खाण र उपप्रमुख कविता तिवारी गैह्रेले औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।

पदभारसँगै प्रमुख खाँणले गह्रौँ अस्पताल वालिङमा १ वर्षभित्र सिएस अर्थात् सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने र ग्रामीण दुई सडकको तत्काल स्तरोन्नति गर्ने निर्णय गरेका हुन् ।

वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउनुपर्ने बाध्य छ । सिएस सेवासँगै पर्वतका केही पालिका र जिल्लाका गर्भवती महिलाहरू लाभान्वित हुने खाँणले बताए ।

वालिङ नगरपालिका भित्र रहेका ग्रमीण सडक स्तरोन्नति गर्ने र थप दुर्घटनाको जोखिमलाई हटाउन यस्तो निर्णय गरिएको नगरप्रमुख खाँणले बताए ।

गत बैशाख ४ र वैशाख ३० गते भएको जिप दुर्घटनाबाट वालिङमा २० जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !