रोटेरी क्लबद्धारा वालिङमा बृहत रक्तदान कार्यक्रमको आयोजना
स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकामा रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवनदान भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
जिल्लाका विभिन्र अस्पतालमा रगतको चर्म अभाव भईरहेको विषम परिस्थतिमा धेरै भन्दा धेरै रक्त संकलन गरी अस्पतालमा मृत्युसंग लडिरहेका विरामीहरुलाई पुर्नजिवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका कोषाध्यक्ष गणेश राउतले जानकारी दिए ।
सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्धसामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा निशुल्क डायलाीईसिस सेवा प्रदान गरिहेको छ । डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराईरहेका छन ।
४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङजाका मुटुरोगीले पनि सेवा लिईरहेका छन् ।








