८ बैशाख २०८१, शनिबार

बागमती प्रदेशको कृषि मन्त्रालयमा एकै पटक ६३ जना कर्मचारी माग

प्रकाशित मिति :  27 May, 2022 12:12 pm


काठमाडौं । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना करारमा कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै फरकफरक पदका लागि कर्मचारी माग गरेको हो ।

मन्त्रालयले पशु सेवा अधिकृतमा अधिकृत सातौ स्तरका लागि २० जना कर्मचारी माग गरिएको छ । कृषि विकास अधिकारी पदका लागि अधिकृत सातौ स्तरमा १० जना कर्मचारी माग गरिएको छ । त्यसैगरी पशु स्वास्थ्य प्राविधिक सहायक स्तरका पाँचौ तहका लागि ३३ जना कर्मचारी माग गरिएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको मन्त्रालय, निर्देशनालय र जिल्ला स्तरका कार्यालयमा पशु र कृषि प्राविधिक अभाब भएकाले नियुक्त गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो।



प्रतिक्रिया दिनुहोस !