४ जेष्ठ २०८१, शुक्रबार

‘प्राङ्गारिक कृषि प्रवद्र्धन बजेटको प्राथमिकता’

प्रकाशित मिति :  27 May, 2022 5:28 pm


काठमाडौं । आगामी वर्ष ०७९/८० को कृषि बजेटले प्राङ्गारिक कृषि प्रवद्र्धनलाई प्राथमिता दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले बजेटले प्राङ्गारिक कृषिलाई प्राथमिकतामा राखेको बताए ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘आत्मनिर्भरता र साना किसानका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सातै प्रदेशमा प्राङ्गारिक खेति प्रवद्र्धनको कार्यक्रम बजेटमार्फत् आउने लागेको जानकारी गराएका हुन्।

“सातै प्रदेशमा प्राङ्गारिक कृषिलाई प्राथमिकतामा राखेर बजेट आउदैछ,” उनले भने । वजेटले उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकता दिँदै सातै प्रदेशमा सित भण्डार (कोल्ड स्टोर)को व्यवस्था गरेको बताए । कोल्ड स्टोरका नभएकाले सरकारले कृषकको उपज खरिद गर्न समस्या भएकाले बजेटमा व्यवस्था गरिएको उनले बताए ।

हालका वर्षहरुका विनियोजन गरिएको कृषि बजेट कुल बजेटको रुपमा कम भएकाले बजेट बढेर आउने बताए । बजेटको आकार भन्दा बढी समस्या कार्यान्वयनमा रहेको महसुस मन्त्रालयले गरेकाले बजेट कार्यान्वयनमा थप तदारुकता अपनाइने उनको भनाइ छ । “जति वजेट हुन्छ त्यसलाई ठिक ढंगले परिचानलन गर्नका लागि कृषि नीति नै चाहिने भएकाले त्यसलाई चाँडै भन्दा चाँडै कार्यान्वयनमा ल्याउन प्रक्रिया अगाडि बढाएका छौं ।”

मन्त्रालयले प्रस्ताव गरेको नयाँ कृषि नीति स्वीकृत हुने अन्तिम चरणमा भएकाले नीतिले बजेट कार्यान्वयनमा थप सहजता थप्ने उनको भनाइ छ । मन्त्री यादवले धान रोपाईको समयमा मलको अभाव नहुने दावी गरेका छन्।

कार्यक्रममा बोल्दै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, कृषि विज्ञ तेजबहादुर सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अजयराज सुमार्गी, नेपाल डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटा लगायतका वक्ताहरुले बजेट कार्यान्वयनमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !