२६ बैशाख २०८१, बुधबार

तारा एयरको विमान सम्पर्कविहीन

प्रकाशित मिति :  29 May, 2022 11:17 am


काठमाडौं । पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानमा १९ यात्रु र ३ जना चालक दलको सदस्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !