१९ बैशाख २०८१, बुधबार

कांग्रेस नेता गगन थापाले भने,‘नागरिक अलमलमा रहेको देखियो अविलम्ब प्रष्ट पारिदिनुस्’

प्रकाशित मिति :  24 March, 2020 10:15 am


 

काठमाण्डौं, ११ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले लक डाउनमा नागरिकले के गर्न पाउँछन् के गर्न पाउदैनन भन्नेबारे अलमलमा परेको भन्दै प्रष्ट पार्न सरकारलाई आग्रह गरेका छन् ।

कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ‘ट्वीटरमा मेन्सन’ गर्दै नेता थापाले भनेका छन्,‘ यो लकडाउनमा नागरिकले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भन्नेमा अलमल रहेको देखियो, अविलम्ब प्रष्ट पारिदिनुस् ।’

नेता थापाले लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्ने समेत बताउन आग्रह गरेका छन् । नेता थापाले भनेका छन्‘ सुसूचित नागरिक सहयोगि हुनेछन् र लक डाउनको यो अत्यावश्यक कदम अझ प्रभावकारी हुनेछ ।’



प्रतिक्रिया दिनुहोस !