२६ बैशाख २०८१, बुधबार

सुदुरपश्चिमको धार्मिक स्थल बडीमालिकामा पर्यटन प्रवद्धन गरिने

प्रकाशित मिति :  29 May, 2022 7:15 pm


काठमाडौं । सरकारले सुदुरपश्चिमको धार्मिक स्थल बडीमालिकालाई पर्यटन प्रवद्धन गर्न बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले आज प्रस्तुत गरेको बजेटमा बडीमालिकाको पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले बाजुराको बडीमालिकासहित सुदूरपश्चिमका सातवटा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने बताएका छन् ।

मन्त्री शर्माले बैतडीका डिलाशैनी, निङ्लाशैनी, मेलौली, बाजुराको बडीमालिका, डडेल्धुराको उग्रतारा र त्रिपुरासुन्दरीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !