१२ श्रावण २०८१, शनिबार

दाङमा खाद्यान्न किन्नका लागि विहान ६ बजेदेखि ९ बजेको समय

प्रकाशित मिति :  24 March, 2020 11:32 am


दाङ, ११ चैत । जिल्ला प्रशासन कार्यालय दाङले खाद्यान्न किन्नका लागि ३ घण्टाको समय छुट्टाएको छ । जिल्ला प्रशासन कार्यालयलय विहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न किन्नका लागि पसल खोल्न दिईने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ खाद्यान्न सम्बन्धि पसलहरु विहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म मात्र खोल्नुहुन र अन्य अत्यावश्यक सेवासँग सम्बन्धित पसल व्यवसाय बाहेकका पसलहरु नखोल्नुहुन साथै जिल्ला प्रशासन कार्यालय दाङबाट सञ्चालन अनुमति नलिएका सवारीसाधनहरु नचलाउनुहुन जिल्ला प्रशासन कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ ।’

जिल्ला प्रशासन कार्यालयलयले लकडाउनका नियम उल्लंघन गरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !