१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट

प्रकाशित मिति :  24 June, 2022 5:13 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब बढीको बजेट ल्याएको छ । काठमाडौं महानगरको आर्थिक वर्ष २०७९ ८० को बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको बताएकी हुन् ।

कूल बजेट २५ अर्ब ४१ करोड ९६ लाखमध्ये कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड र पूर्वाधार विकासका ११ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ।

सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो । चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !