१२ श्रावण २०८१, शनिबार

स्वास्थ्यकर्मीहरुलाई प्रधानमन्त्रीको सन्देश : भने अनुसारकै थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं

प्रकाशित मिति :  26 March, 2020 5:59 pm


काठमाण्डौं, १३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि खटिएका चिकित्सक तथा प्राविधिकहरुलाई नआत्तिन आग्रह गरेका छन् ।
आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘तपाईंहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं ।’ प्रधानमन्त्री ओलीले हाल मौजदात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सहभागि हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले धैर्य गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले न्देशमा भनेका छन्,‘हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।’ प्रधानमन्त्री ओलीले कोभिड १९ मानवीय संकटको एक जुट भएर सामना गर्न आग्रह गर्दै भनेका छन्,‘ सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं ।’

 



प्रतिक्रिया दिनुहोस !