४ पुस २०८२, शुक्रबार

अभियान लघुवित्तले दियो एक दिने पशुपालन तथा कृषि तालिम

प्रकाशित मिति :  3 July, 2022 12:01 pm


चितवन । “राम्रो सिप हाम्रो अभियान, उत्पादकत्वका लागि हाम्रो योगदान” भन्ने मुल नाराका साथ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चितवन जिल्लाको कालिका नगरपालिका ०६, खोलेसिमल स्थित शाखा कार्यालय खोलेसिमलले आफना ग्राहक सदस्यहरुलार्ई एक दिने पशुपालन तथा कृषि तालिम सम्पन्न गरेको छ ।

कृषि तथा पशु विशेषज्ञ राम प्रसाद अधिकारीले दिएको प्रशिक्षणमा शाखामा आवद्ध सदस्यहरुको सहभागीता रहेको थियो । सहभागीहरुले उक्त तालिमबाट पशुपालन गर्ने कृषकहरुलाई पशुपालन गर्दा ध्यान दिनुपर्ने पक्ष, व्यवसायिक रुपमा कसरी पशुपालन गर्ने, पशुपन्क्षीहरुलाई लाग्न सक्ने रोग र ती रोगको घरेलु उपचार कसरी गर्ने तरकारी तथा धानबालीमा कस्तो प्रकारका समस्याहरु आउन सक्छन ती समस्याको समाधान घरेलु प्रविधीबाट कसरी गर्ने भन्ने बारेमा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताए ।

सहभागीहरुलाई कुनै पनि व्यापार, व्यवसाय गर्दा व्यवसायिक रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कर्जा चाहिएमा अभियान लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने तथा आगमी दिनहरुमा समेत विभिन्न प्रकारका सीपमुलक तालिमहरु सञ्चालन गर्ने बारे समितिका सदस्य भोजराज भट्टराईले जानकारी गराएका थिए ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेशको २१ वटा जिल्लाहरुमा ६० वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७९ जेष्ठ मसान्त सम्ममा २८ हजार ८४ घरधुरीहरुमा सेवा विस्तार गर्दै २ अर्ब १३ करोड कर्जा प्रवाह गरि सदस्यहरुबाट रु ३० करोड ८० लाख बचत संकलन गरेको छ । चुक्तपुजी १५ करोड २५ लाख रहेको वित्तीय संस्थाले निकट ९ करोड ७५ लाखको आईपिओ निष्काशन गर्न लागेको छ ।



प्रतिक्रिया दिनुहोस !