१२ श्रावण २०८१, शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालासहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने

प्रकाशित मिति :  27 March, 2020 1:52 pm


काठमाण्डौं, १४ चैत्र ।  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालासहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेलबीच आज भएको छलफलपछि प्रतिष्ठानलाई प्रयोगशाला सहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने सहमति भएको हो । मुख्यमन्त्री पोख्रेलले आफ्नो  फेसबुकमा लेखेका छन्,‘स्वास्थमन्त्रीसंगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्याव सहित कोरोना विशेष अस्पतालको रुपमा संचालन हुने भएको छ ।’

यसले प्रदेश-५ सहित पश्चिम नेपालमा कोरोना विरामी भेटिएको खण्डमा सहज हुने भएको छ । प्राविधिक तयारीबारे प्रतिष्ठानकी उपकुलपति संगीता राजभण्डारीले स्वास्थ्यमन्त्रालयसँग थप छलफल गरिहेकी छन् ।

यसअघि नै केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डीमा १०० शैयाको कोरोना आइसोलेशन अस्पताल सञ्चालनमा आईसकेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनाले नेतृत्व गरिरहेको अस्पतालले काम समेत सुरु गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !