२३ बैशाख २०८१, आइतबार

कोरोना उपचारका लागि प्रदेश-५ मा चार अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  27 March, 2020 2:29 pm


रुपन्देही, १४ चैत । कोरोना भाइरस उपचारका लागि प्रदेश-५ का लागि चार ठाँउमा कोरोना अस्पताल सञ्चालनमा आएका छन् ।

साविक राप्ती क्षेत्रका लागि दाङको वेलझुण्डीमा, बाँके-वर्दियाको लागि बाँकेको खजुरामा, साविक लुम्बिनी क्षेत्रका लागि बुटवल र गम्भिर विरामीको लागि भैरहवाको भिम अस्पताल सञ्चालनमा आएको प्रदेश-५ का स्वास्थ्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए । ज्वरो र रुघाखोकीको उपचारको सवै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा मिलाइएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालासहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याउने आज मात्रै संघीय स्वास्थ्यमन्त्रालयसँग सहमति भएको छ ।

यि अस्पताल सञ्चालनका लागि प्रदेश ५ सरकारले १० करोड रुपैयाँको कोष बनाउने निर्णय गर्दै विभिन्न विभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोकेको छ । कोरोना नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजकको रुपमा खटिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, भिम अस्पताल, भैरहवाका लागि सामाजिक विकास मन्त्री सुर्दशन बराल संयोजक तोकिएका छन् । केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय बैजनाथ चौधरी संयोजक रहेका छन् ।

मन्त्रिपरिषदको बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरिसकेको छ । यि सबै अस्पताल सञ्चालनमा आइसकेको मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन्,‘ प्रदेश ५ मा कोभिड-१९ को उपचारका चार अस्पताल तयार गरिएको छ । राप्तीवासीका लागि दाङको वेलझुण्डीमा, बाँके-वर्दियाको लागि बाँकेको खजुरामा, लुम्विनीका पहाडी जिल्लालाई समेत हेर्नेगरी वुटवलमा र गम्भिर विरामीको लागि भैरहवाको भिम अस्पताल तयारी अवस्थामा राखिएको छ । ज्वरो र रुघाखोकीको उपचारको सवै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा मिलाइएको छ । निकट भविष्यमा परीक्षण ल्याव समेत स्थापना गरिदै छ । धेरै चिन्ता नगरौँ । घरमा बसेर रोग लाग्नै नदेउँ !’



प्रतिक्रिया दिनुहोस !